ट्रेन्डीङ्ग

सुशिल कोइराला सोसलिस्ट युथ सर्कल सुनवल कार्यसमितीद्वारा बर्दघाटमा खाधान्न सहयोग

सागर पौडेल जेठ १० नवलपरासी ।

सुशिल कोइराला सोसलिस्ट युथ सर्कल सुनवल कार्य समितिले आज बर्दघाट नगरपालिकाका अति बिपन्न घर परिवार लाई खाद्यान्न सहयोग गरेको छ।

सुशिल कोइराला सोसलिस्ट युथ सर्कल सुनवलका अध्यक्ष विशाल पौडेल को नेतृत्वमा आज बर्दघाट नगरपालिमा वडा नम्बर ४ का अति बिपन्न घर परिवार लाई खाद्यान्न सहयोग गरेको हो ।

कोभिड १९ का कारण देश भर लकडाउन र निषेधाज्ञा जारी छ । यस्तो अबस्थामा बिहान खायो साझ के खाने होला भन्ने घरपरिवार चलाउने परिवार लाई कति दुख परेको होला अध्यक्ष पौडेलले भावुक हुँदै बताउनु भयो “बरु म एक छक खान्छु तर यो अबस्थामा म दुखी गरिब लाई सहयोग गर्छु”
चामल ,दाल,नुन, आलु ,तेल ,सोयाबिन, खाद्यान्न बितरण गर्दै पौडेलले सहयोगी मनहरुले सहयोग गर्न चाहेमा 9867673348 नम्बरमा सम्पर्क गर्न अनुरोध गर्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?