ट्रेन्डीङ्ग

जागौं कमरेड जागौं-दिपेन्द्र सिह ऐरी

जागौं कमरेड जागौं
एक साथ जागौं
संगठन बनाऔं
जागौं कमरेड जागौं,

यो गरिबहरुको संगठन
मजदुरहरुको संगठन
दुखि हरुको संगठन
भोकाहरुको संगठन,
हामी सबै मिलेर बनाऔं संगठन,

जागौं कमरेड जागौं
हामीले कश्ट नगरी धान कसरी फल्थे,
हामीले धान नलगाई भखारी कसरी भर्थे,

या पेट भर्न गार्‍हो छ
उ सेठ कसरी बन्दैछ
हामी भोक भोकै कसरी
त्यो पेटभरि मस्त कसरी,

हाम्रो पेट खालि छ
उनलाई रोज दिपावलि छ
हामीले रोज नङग्रा खियाउदै छौं गर्दछौं
उ एक्कासि धनी कसरी बन्दैछ,

घर बनाउदा मेहनत हाम्रो
उल्टै अझै हामी झुपडीमा
हाम्रो जीवन अध्यारैमा छ
उन्को जीवन उज्यालोमा,
जागौं कमरेड जागौं
-दिपेन्द्र सिह ऐरी
कन्चनपुर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal