ट्रेन्डीङ्ग

नेकपा कञ्चनपुरद्वारा विपन्न परिवारहरुलाई राहत वितरण

कञ्चनपुर ।
विप्लव नेतृत्वको नेकपा भिमदत्त नगरकमिटीले कोरोनाको महामारीको समस्या परेका विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

नेकपाले वास्तविक बिपन्न १२ परिवारहरुलाई राहत स्वरुप चामल,दाल र सावुन बितरण गरेको कञ्चनपुरका युवा नेता दिपेन्द्र ऐरीले बताएका छन!

राहत वितरण कार्यक्रममा नगर कमिटी ईञ्चार्ज खडक सिह धामि अखिल नेपाल किसान महासंघ क्रान्तिकारी कञ्चनपुर जिल्ला अध्यक्ष रघुबिर जोसि र युवा नेता राकेश चन्द लगायत अन्य युवाहरुको पनि उपस्थित रहेको थियो भने, यस्ता हरेक संकटहरुको बेला हाम्रो पार्टी र पार्टी कार्यक्रताहरु जनस्वयमसेवक भएर निरन्तर खटिरहने कुरा कार्यक्रममा बोल्दै नगर ईञ्चार्ज धामि बताएका छन!भने हामि यो राहत वास्तविक बिपन्न परिवारहरुलाई वितरण गरिरहेका छौं, यो राहत वितरण न कुनै भोट का लागि हो न कुनै सत्ता र कुर्सी का लागि हो। हामिले यो राहत बिषम परिस्थिति को बेला एकदमै बिपन्न परिवारहरुलाई वितरण गरेका छौ भनि किसान नेता रघुबिर जोसिले बताएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal