ट्रेन्डीङ्ग

वि.सि.डब्लु युथ द्धारा“चुलो बालौ”अभियानको सुरुवात

सागर पौडेल जेठ ५ परासी ।
‘यो बिपत्तिमा खाद्यान्न सहयोग गरौं, अभाबले निबेको चुलो बाल्न मद्दत गरौं ’ भन्ने अबिप्रायले स्थापना भएको पश्चिम नवलपरासीको वि.सि.डब्लु युथ नेपालले निम्नआय, दुखीअसाहय, अतिबिपन्न, दैनिक ज्याला गरि खाने मजदुरहरुलाई सहयोग गर्ने उदेश्यले चुलो बालौ अभियान सुरु गरेको छ ।

कोभिड १९ को दोस्रो भेरियन्टको संक्रमण तीब्र रुपमा फैलिए पछि जिल्लामा न्युनिकरण गर्नका लागि निषेधाज्ञा जारि छ। सबै क्षेत्र सुनसान छ, दैनिक ज्यालादारीबाट आफ्नो जिविको पार्जन गर्दै आएका परिवारको घरमा चुलो पनि बाल्न नसक्ने अवस्था सिर्जना भएको छ ।

निम्नआय, दुखीअसाहय, अतिबिपन्न, दैनिक ज्याला गरि खाने मजदुरहरुको लागि खाद्यान्न तथा आर्थिक सहयोग गर्न युथ क्लव एउटा पुलको मात्र काम गर्ने अभियान्ता संयोजक तथा क्लवका सचिव रोशन श्रेष्ठले बताउनुभयो ।

उहाले भन्नुभयो “तपाईको मेरो सानो सहयोगले कुनै भोको पेटले खान पाउला, निभेको चुलो बोल्ला अनि उहाँहरुको अनुहारमा खुसी आउँदा यो भन्दा ठूलो धर्म र पुन्य काम के होला” । अभियानमा संलग्न भएर जहाँ बाट जसरी सकिन्छ त्यसरी नै सहयोग गर्न सवैमा आग्रह समेत गर्नुभएको छ ।

“हामी अभियानमै छौ, जहाबाट फोन कल आउछ हामी त्यही सहयोग लिएर पुग्छौ” सहयोगीदाताहरुले सहयोग गरेकै कारण सहयोग गर्न सकेका छौ भन्दै क्लबका अध्यक्ष शिव रेग्मिले सहयोगी सम्पुणर्लाई धन्यवाद ज्ञापन गर्नुभएको छ । वि.सि.डब्लु युथ नेपालले विभिन्न सामाजिक क्रियाकलापमा आफ्नो सक्रिय भुमिका बहन गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?