ट्रेन्डीङ्ग

सशस्त्र प्रहरी पश्चिम नवलपरासीले बढायो सक्रियता

रियाज अलि,नवलपरासी पश्चिम/असोज १५ पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी २६ न. गण हेड्क्वार्टर मातहतका बि.ओ.पी.तथा अस्थाइ चेक प्वाइन्टले जिल्लामा भइ रहेको तस्करी विरुद्धको सक्रियता बढाएको छ। सशस्त्र प्रहरी २६ न.गण प्रमुख एसपी महेश अधिकारीले मातहतका युनिटमा सक्रियता सशक्त पार्न निर्देशन दिए सङ्गै मातहतका बिओपी तथा युनिटले सक्रियता बढाएको हो ।सोही अन्तर्गत बि.ओ.पि. हरपुरले अवैध रुपमा लैजादै गरेको करिब ८००००/- बराबरको कपडा बडसार-हात्तिबन क्षेत्रबाट नियन्त्रणमा लिएको छ । सोही क्रममा सोही क्षेत्र बाट गत साझ करिब ३००००/-बराबरको मटर समेत नियन्त्रण लिएको छ। बि.ओ.पि.हरपुरका इन्चार्ज सशस्त्र प्रहरी निरिक्षक हरेराम शर्मा दहालको नेतृत्वमा गस्तिमा रहेको गस्ती टोलि देखे पश्चात् उक्त सामान छोडी तस्कर भागेका थिय। यसै गरि महेशपुर नाका बाट अवैध रुपमा लैजादै गरेको ४थान करिब ३००००/- मूल्य बराबरको मोबाइल सेट समेत नियन्त्रणमा लिएको छ। नियन्त्रणमा रहेका सम्पुर्ण समान आवस्यक प्रक्रियाका लागि आजै महेशपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी २६न.जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?