ट्रेन्डीङ्ग

हार्दिक श्रद्धाञ्जली मदनआश्रति

सायद
पार्टीमा महाकाली विवाद थियो
तिमी लाई दाशढुंगामा सेलाएर
तिमीले बनाएको कार्यदिशा
बहुदलीय जनवादको जलपमा
तिमी भन्दा क्रान्तिकारी अवतारमा
आज
कोही राष्ट्रपति छन्
कोही पार्टी अध्यक्ष छन्
कोही वरिष्ठ नेता छन्
कोही पुर्व प्रधानमन्त्री छन्
कोही वर्तमान र बहालवाला छन्
कोही संघमा छन्
कोही प्रदेशमा छन्
कोही स्थानियमा छन्
हुन पर्ने सबै तिर छन्
कमरेडहरू आज
न्यायालयमा , पुलिसमा, प्रशासनमा जता कतै छन्
प्रत्येक बर्ष आजै दिन अर्थात जेठ ३ गते
भव्य समारोहका बीच
तिमीलाई स्मरण पनि गरिन्छ,
तिम्रो सालिकमा माल्यार्पण गरिन्छ,
तालि बजाईन्छ, पुष्प गुच्छा चडाईन्छ
राष्ट्रपति निवासमा,प्रधानमन्त्री निवासमा
अनि
तिम्रो पार्टी कार्यालयको
अगाडीको सालिकमा उभिएर व्यक्त गर्छन्
नेताहरू
दुई शब्द ‘हार्दिक श्रद्धान्जली’ को
तर आज पनि
तिम्रो र जीवराज आश्रितको
रहस्यमय दुर्घटनाको प्रतिवेदन सरकारी दफ्तरको कुनामा थन्किएको छ त्यस बारे न त खोज छ,
न चित्त बुझ्दो जवाफ छ, तिम्रा कमरेडहरूसंग
छ त केवल राम मन्दीरका खुराफाती बहस,
र जनता नछुने फगत संमृद्धीका उडन्ते कुराहरू मात्र!!

समयले रहस्यको पर्दा उघार्ने नै छ।
हार्दिक श्रद्धाञ्जली !
कमरेड मदन भण्डारी,
कमरेड जीवराज पौडल ‘आश्रित’

(लेखक:प्रकाश शाही अखिल क्रान्तिकारीका महासचिव हुन् )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?