ट्रेन्डीङ्ग

समाजसेबि त्रिपाठी द्धारा डुबान क्षेत्रको स्थलगत अवलोकन

नवलपरासी ११असोज । सामाजसेबि तथा युवानेता धिरज त्रिपाठीले लगातार परेको वर्षाका कारण भएको डुबान क्षेत्रको स्थलगत अवलोकन गरी वस्तुस्थिति जानकारी लिनुभएको छ । उहाँले आज नवलपरासीको पालिकाको सबैभन्दा बढी डुबानमा परेको वडा नं. १ को शंकरपुर, बड्की सुनरी, महेशपुर, अमानीगञ्ज, सरावल पालिकाक बुडन्तवपुर ,भुजाहवा दशगजा क्षेत्र लगायतको अवलोकन गर्नुभएको हो ।बाढीले केही पशुचौपाय पनि मरेका छन्। बाढीका कारण फोहोर पानीले रोग निम्ताउने उत्तिकै संभावना रहेको स्थानीयको गुनासो छ। गाउँ डुबानमा परेपनि राहतका लागि स्थानीय तहले वास्ता नगरको उनीहरुको गुनासो छ। डुबानमा परेकाहरु सबैजसोले छिमेकी गाउँका स्थानीयसँग मागेर छाक टार्नु परेको बताए बाढीका कारण काट्न तयार भएको धानसमेत डुबाउँदा स्थानीय थप चित्तित बनेका छान ।अविरल वर्षापछि झरही र धनेवा खोलाको बाढी पस्दा शंकरपुर गाउँ पूर्ण रुपमा ढुबान भएको छ । डुवानका कारण करिव सयौं घर डबेका छन् भने एक हजार भन्दा बढी विघाको धानबाली नष्ट भएको सरावल गाउँपालिकका वडा न ः ७ का अध्यक्ष हायत खान धुनियाले बताउनुभयो । महेशपुर दशगजामा पनि झरही नदी पसेर नदी झैँ बगेको थियोे । झरहीको बाँध फुटेर महेशपुरमा पनि पानी पसेको छथियोे । भुजाहव मा पनि दर्जनौँ घर डुवानमा परेको स्थानीय छेदी मुराउले बताउनुभयो । डुवानका कारण ले पाकेको धन खेतको बालीमै उम्रन थालेको छ । सबै धन नस्ट भएर खान पनि नमिल्ने हुदा किसान हरु चिन्तिती भएकाछन । समाजसेबि त्रिपाठि को अगाडि आफ्न् पिडा हामी लाई राहत ले हाम्रो समस्या समाधान हुदैन दीर्घकालीन योजना लाएर मात्रै समस्या समाधान हुने स्थानीयले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal