ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीमा २४ घण्टामा तीन संक्रमितको मृत्यु, थप ६६ जनामा कोरोना संक्रमण पुष्टी

उर्मिला यादव यात्री
बैशाख ३१ नवलपरासी ।
कोरोना संक्रमणबाट पश्चिम नवलपरासीमा पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा २ जना र एक जना पुरुषको होमआइसोलेसनमा मृत्यु भएको हो । मृत्यु भएका मध्ये रामग्राम नगरपालिका वडा नम्बर ४ का ४५ बर्षिय षुरुष, पाल्हिनन्दन गाउँपालिका वडा नम्बर सातका ४० वर्षीय पुरुष, र रामग्राम नगरपालिका वडा नम्बर तीनका ५० बर्षिय एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।यससँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८९ पुगेको छ ।

यस्तै गरी नवलपरासीमा शुक्रबार ६६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ३१ र एन्टिजेनबाट ३५ जना गरी ६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । सबै भन्दा बढी बर्दघाट नगरपालिकामा ४१ जना संक्रमित थपिएका छन्। त्यस्तै गरी सुनवल नगरपालिकामा १० जना, रामग्राम नगरपालिकामा ४ जना, सरावल गाउपालिकामा २ जना, प्रतापपुर गाउपालिकामा ७ जना, सुस्ता गाउपालिका र पाल्हिनन्दन गाउपालिकामा एक एक जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

यस्तैगरी आज १८ जना कोरोना संक्रमित निको भएका छन भने यो संगै जिल्लामा १ हजार ६ सय ३६ जना कोरोना संक्रमित निको भएका छन भने जिल्लामा सक्रिय संक्रमितको संख्या १२ सय ४४ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?