ट्रेन्डीङ्ग

युवा व्यवसायी जिवन सिंहले निशुल्क खाना वितरण अभियान

टेकेन्द्र बाेहरा , जेठ ७ ,बझाङ।
बझाङ जिल्लामा युवा व्यवसायी जिवन बहादुर सिंहले निशुल्क खाना वितरण अभियान संचालन गरेका छन्।

सिंहले जिल्ला अस्पताल सिमखेतमा रहेका कोरोना सङक्रमित भएका र कुरुवाहरुलाई निशुल्क खाना खुवाउने अभियान सुरु गरेका हुन ।

लकडाउनकाे समयमा हाेटल पसल बन्द हुँदा हुने हुदा सङक्रमित भएका र उनका कुरुवाहरुलाई समस्या नहाेस भन्ने उदेश्यका साथ निशुल्क खाना खुवाउने अभियान सुरु गरेको बताए ।
एक कुरुवाले भने, सिंहजिले याे लगडाउनकाे समयमा हामिलाई खानाको व्यवस्था गरिएकोमा धन्यवाद दिदै उनकाे गुन कहिले बिर्सन नसकिने बताए ।

अहिले उनकाे याे अभिनयलाई साथ दिदै कसैले आर्थिक सहयोग, कसैले खाध्यान्न सहयोग, गर्ने गरेकाे सिहले बताए ।यदि कसैले सहयाेग वा कुनै समस्या भए ९८४८६०७६४७, ९८६४५९५९९४, ९८६८४०६६२० र ९८४८७५५२८८ मा फोन सम्पर्क गर्न पनि सिंहले अनुरोध गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?