ट्रेन्डीङ्ग

अप्रिय लाग्ने जो छ कोरोना-गणेश एसके

•नयाँ जोस जाँगर लिएर नयाँ संकल्प सहित
उज्यालो हुने बिहानी पछिको दिन पनि कति
अपिर्य लाग्छ है कारण !
अप्रिय लाग्ने जो छ कोरोना

•जनचाहना ,जनआकांक्षा,जनभावना लाई नियाल्ने
मनको अनौठो दृष्टि पनि कति निर्लज्ज होला हगि कारण !
अप्रिय लाग्ने जो छ कोरोना

•हजारौ मानिस हरुको भीड हुने यी सहर बजार का
गल्ली र चोकहरु पनि कति सुनसान र निन्यारो लाग्छन् है कारण !
अप्रिय लाग्ने जो छ कोरोना

•शिक्षाको मुहान फुटाउने ती स्कूल कलेज हरू पनि
कति नजाफाब छन् होला मुहान मै खडेरी परेको देख्दा कारण !
अप्रिय लाग्ने जो छ कोरोना ले

•परिस्थितिले कति मजबूर बनाएको होला है
आफ्नै आफन्त,परिवार ,साथीभाइ लाई बिरामी ,मृत्यु हुँदा छुन पनि नहुने संस्कार देख्दा
कारण !
अप्रिय लाग्ने जो छ कोरोना

•एउटा थला परेको बिरामी उत्साह का साथ उच्च मनोबल बोकेर प्रस्थान गर्ने ती अस्पताल का बेडहरु
पनि कति भरिभराउ र अस्तव्यस्त छन् है कारण !
अप्रिय लाग्ने जो छ कोरोना

•कति संकटपूर्ण र पीडादायी क्षणमा आफ्ना दिनचर्या बिताउँदै होलान् है ती मान्छेहरू जो दिनभरि श्रम गरी साँझ को जोहो गर्थे कारण !
अप्रिय लाग्ने जो छ कोरोना

•कति संघर्ष र प्रतिकूलता बित्दै छ है मानव
श्रृष्टिको को जीवन कारण !
अप्रिय लाग्ने जो छ कोरोना
✍️✍️गणेश एसके

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?