ट्रेन्डीङ्ग

ट्याक्टरबाट खसेर मृत्यु

English English Nepali Nepali

असोज ११ ताप्लेजुङ : गुडिरहेको ट्याक्टरबाट खसेर फुङलिङ नगरपालिका–७ का दिपेन्द्र ओख्राबुको मृत्यु भएको छ । २७ वर्षीय ओख्राबुको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको हो । मेची राजमार्गको बहानन्देमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
उनी काबेलीबाट सदरमुकाम फुङलिङतर्फ बालुवा बोकेर आउँदै गरेको ना ६ त ३००० नम्बरको ट्याक्टरमा बहानन्दे छेउबाट ट्याक्टरमा झुण्डिएका थिए । झुण्डिने क्रममा खसेपछि ट्क्टरले किचेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठले बताए । ट्याक्टर नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal