
अनिल नेपाली बैशाख २९ अर्घाखाँची ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँची जिल्लालाई सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्रीहरु पठाएका छन् ।
मन्त्री रायमाझीले आफ्नो गृह जिल्लाको लागि २३ थान अक्सिजन सिलिन्डर सहित १२ थरि काेराना नियन्त्रणका लागि स्वास्थ्य साम्रगी पठाएका हुन् । हामिलाइ प्राप्त विवरण अनुसार जिल्लालाई २३ थान अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्टेटर ५ थान, भिटिम १८०० थान, एन्जिट ४०० थान, सर्जिकल माक्स २७०० थान, सेनिटाइजर १५ लिटर, अक्सो मिटर ७ थान, डिजिटल थर्ममिटर २० थान, पिपिए १९० थान, पन्जा २०० थान, चस्मा ५० थान र फेस सिड ५० थान स्वास्थ्य सामाग्रीहरु पठाएका छन् ।
यस बाहेक पुन: आवश्यक स्वास्थ्य सामाग्रीहरु निरन्तर पठाउने बताएका छन् । अर्घाखाँचीमा बिरामीको संख्या दिनप्रतिदिन बढ्दो रहेको र श्रोतसाधनले थेग्ने अवस्था नरहेको बताइएको बेला उर्जा टोपबहादुर रायमाझीले ठुलो परिणाममा स्वास्थ्य सामाग्रीहरु जिल्लालाई उपलब्ध गराएका हुन् ।
मन्त्री रायमाझी वैशाख १३ गते सोमबार कोरोना संक्रमण भएपछि काठमाडौं स्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भई वैशाख २० गते सोमबार डिस्चार्ज भएका थिए । उनको ११ दिनपछि वैशाख २३ बिहिबार कोरोना रिपोर्ट नेगेटिभ आएको थियो!