ट्रेन्डीङ्ग

काठमाडौंका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन्।

पछिल्लो पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएसँगै उनी कोरोनामुक्त भएको निजी सचिवालयले जनाएको छ।

उच्च स्रोतका अनुसार कोरोना संक्रमण देखिएपछि उनी र उनकी श्रीमती सोल्टी होटलमा बसेका थिए।

उनी केही दिन निवासमा आराम गरेर काममा फर्किने सचिवालयलले जनाएकाे छ।

गत भदौ १५ गते सोमवार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनकी श्रीमतीमा उच्च ज्वरो आएपछि नियमित परीक्षणका क्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कोरोना पुष्टि भएको थियो। आइसोलेसनमा बसेका उनी १३ औं दिनमा निको भएका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?