ट्रेन्डीङ्ग

सिजन टु उसको पनि चलेको छ:गणेश एसके

•तिमी कोरोना मात्र भन्छौं
सिजन टु त उसमा पनि प्रवेश गरेको छ कमरेड !

•तिमी कति निर्दयी छौ सरकार जनता अस्पतालको बेड नपाइरहेका बेला !
•तिमी सिंहदरबार र बालुवाटार का सोफासेट मिलाउन व्यस्त छौ ।

•कति लाचार छौ तिमी सरकार आम नागरिक एउटा अक्सिजन को सिलिन्डर मात्र नपाइरहेका बेला !
•कति मिहिनेती छौ सरकार तिमी औषधि मा कमिसन खानकै लागि चलिरहेको छ मिसनको खेल ।

•तिमी किन कोरोना मात्रै दोस्रो भेरियन्ट भन्छौं नेपाल टेलिकम ?
• यहाँ सरकार पनि भ्रष्टाचार, कमिसन को दोस्रो भेरियन्ट मा पुगेको छैन र ?

•कति काम मात्र गरेनौ भन्छौं जनता हो ?
•प्रगति त पहिलो भेरियन्ट भन्दा गरेकै छ नी !
पोहोर साल राहत मा थियो यो साल औषधि मा कमिसन छ ?
•पोहोर साल राष्ट्रिय थियो यो साल अन्तर्राष्ट्रिय छ ?

•सिजन टू कोरोनमा मात्रै हो र सिजन टू त उसमा पनि चलेको छ !
• कति माहिर छौ सरकार तिमी सस्तो लोकप्रियता कमाउन ?
•तिमीले भनेको हैन विश्वमा नै नभएको कुरा हजारौं अस्पताल सिलन्यास भए हजारौं उदघाटन भए तर खै त ?
•आखिर जनताको निम्ति गरेको सफलता खै त ?

• तिमी त इतिहासकै सफला मनप्रतिनिधी भयौ होला तर विडम्बना मेरो देशले मेरो देशले जनता सफल बनाउने जनप्रतिनिधि कहिले पाउला ?(लेखक गणेश एसके कंचनपुर )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal