ट्रेन्डीङ्ग

अर्घाखाँचीमा ४७ जना कोरोना संक्रमित थपिए

अनिल नेपाली बैशाख २३ अर्घाखाँची ।अर्घाखाँचीमा ४७ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा पिसिआर परीक्षणका क्रममा ३४ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिए ।

यससँगै अर्घाखाँचीमा अलिहेसम्म कुल ११४७ जना संक्रमित भएका छन् भने २७ जना संक्रमितको मृत्यु भइसकेको छ । अर्घाखाँची २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal