ट्रेन्डीङ्ग

तिमि साच्चिकै धार्मिक रहेछौं:पवन

तिमि साच्चिकै धार्मिक रहेछौं:पवन

चिसो कै कारण बा बिते पछि
यता पण्डितलाई खाट दान दिदा
लाग्यौं कि तिमी साच्चिकै धार्मिक रहेछौं ।

जिउँदो छदा मीठो खानै नपाएर मरेका बा
यता तिमी बर्सेनि पिन्न पकाएको देख्दा
लाग्यौं कि तिमी साच्चिकै धार्मिक रहेछौं
तीन सय चौसट्ठी दिन गाई देखि नसाहने
एक दिन गाई खोज्दै पुजा गरेको देख्दा
लाग्यौं कि तिमी साच्चिकै धार्मिक रहेछौं ।

श्रद्ध गरेर ल्याएको चामल
बोकाको झोल सङ खाइ रहदा
लाग्यौं कि तिमी साच्चिकै धार्मिक रहेछौं
तिम्रो धर्ममा काट मार छैन भन्छौं
कुल पुजाको दिन खुनको खोला बगाइरहदा
लाग्यौं कि तिमी साच्चिकै धार्मिक रहेछौं
छोरीलाई लक्ष्मी मान्ने तिमी
महिनावारीमा गोठ पठाइएको देख्दा
लाग्यौं कि तिमी साच्चिकै धार्मिक रहेछौं ।

मन्दिर भित्र मुर्तिमा दूध ,भेटी चढाइ रहदा
बाहिर हात थापिरहेको भिकारिलाई नदेख्दा
लाग्यौं कि तिमि साच्चिकै धार्मिक रहेछौं
नास्तिक नभन्नु मित्र देवता देखिन मन्दिर भित्र
बर्सौ देखि नबोल्ने तिम्रा देवता
बाहिर हेर त हाम्रा देवता कति कराइ रहेछ्न।

( पवन ज्ञावलि बुटवल कालिकानगर )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?