ट्रेन्डीङ्ग

एक चोक्टा मासु र एक बोतल ठर्रिले तिमिलाई भुलाई दिन्छन


यो सतिले हैन
मतिले पिरोलि रहेको देश हो
जति पनि संकट उतपन्न भए
यो पुजीवादी ब्यवस्थाको चपेटामा परेर हुन
कोहि भोगले अगाई
रोगले मर्छन तर
कोहि रोगले च्यापि
उपचार नपाई मर्छन
कोहि बंगालामा बसि आकास चुम्ने
सपना देख्छन,
भने कोहि एक निद सुतेपछि
अर्को निदको ठेगान हुदै अब कता सुत्ने भनि
कसैले मगमगाउने सेन्ट छरेर हिन्छन
कोहि हप्तौं नुहाउन नपाएर बेचैन हुन्छन,
यो सवै पुजीवादी दलाल संसदीय ब्यवस्थाको दोस हो,
यहा असमानता को
रेखा नमेटुन्जेल
यहा यस्ता खालका
संकट आईरहन्छन
ए युवा साथि हो
किन नसा गर्नैमा ठिक्क हुन्छौं
तिम्रो देशका सिमानाहरु मिच्ने
प्रयास भारतीय सम्राज्यवादले
गरिराखेको छ,
तिम्रो बेरोजगारी पनको
फाईदा यहाँका शाषकहरु लिई रहेछन
चुनाव भन्दै आउछन
एक चोक्टा मासु र एक बोतल ठर्रिले
तिमिलाई भुलाई दिन्छन
हाम्रो सबै अधिकारका मालिक
उनि बन्छन
अनि दास तपाई हामिहरु
यो दलालि सिष्टम कैले सम्म
किन भ्रममै ठिक्क छौ
किन नसामै मख्ख छौ
अब त जाग युवा साथिहरु
कोरोनाको माहामारि छ
यहा कृतिम संकटहरु
खडा गरिदैछन
यो निर्मुल पार्ने जिम्मेवारी
तिमि हामिहरुको हातमा छ
तिमि यो राज्य ब्यवस्थाको भरमा
नपर्नु
उनि माथि कुर्सी तानातान मै ठिक्क छन
उनि हुष्कि बियर पिएरै मख्ख छन
अब त ए युवा साथिहरु
रोग भन्दा पनि
कालो बजारिले जनताको पेट मारि सक्यो
यो अधिक्तम रोग भन्दा पनि
भोगको कहर छ,
ए युवा साथिहरु !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal