ट्रेन्डीङ्ग

अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित २जनाको मृत्यु

अनिल नेपालि
बैशाख २० अर्घाखाँची ।अर्घाखाँची जिल्लामा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भए सगै हालसम्म २५ जनाको मृत्यु भएको छ ।

जिल्लाको सन्धिखर्क नगरपालिकामा ६ , शितगंगा नगरपालिकामा ६, भुमिकास्थान नगरपालिकामा ६, पाणिनि गाउँपालिकामा ३, मालारानी गाउँपालिकामा ३ र छत्रदेव गाउँपालिकामा १ जना गरी हालसम्म २५ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताए ।

जिल्लामा हालसम्म एक हजार चार जना कोरोना संक्रमित भएकोमा ७ सय ९३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जिल्लाभर सक्रिय संक्रमितको संख्या १ सय ८६ रहेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए ।

सन्धिखर्क नगरपालिकामा एक सय पाँच जना, भुमिकास्थान नगरपालिकामा २६, शितगंगा नगरपालिकामा १४, मालारानी गाउँपालिकामा १७, छत्रदेव गाउँपालिकामा १६ र पाणिनि गाउँपालिकामा ८ जना गरी एक सय ८६ जना सक्रिय संक्रमित छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३० जना संक्रमित थपिएका छन् । कारोना संक्रमण तिब्र हुँदै गएपछि अर्घाखाँचीमा सोमबार रातिदेखि निषेधाज्ञा हुने भएको छ । जिल्ला प्रशासन कार्यालय परिसरमा बसेको सर्वपक्षीय बैठकले सोमबार राति १२ बजेदेखि लागु हुने गरी बैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कोरोनाले हुने क्षति कम गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र सर्वपक्षीय बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । अत्यावश्यक खाद्यान्न, दुध र तरकारी पसल बिहान ६ बजेदेखि ९ बजेसम्म दिनको एक पटक खुल्नेछन् । त्यस्तै अत्यावश्यक र पास जारी गरिएका सवारीसाधन बाहेक अन्य सवारी चल्न नदिने पनी बैठकले निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?