ट्रेन्डीङ्ग

सहकारीका समूह सञ्चालक तथा उपसमिति सदस्यलाई २ दिने उद्घोषण तालीम

परासी।सुनवल नगरपालिका-१२ भुमहीमा रहेको जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लिका समूह सञ्चालक तथा उपसमिति सदस्यहरूको नेतृत्व विकासका लागि २ दिने उद्घोषण तालिम सम्पन्न गरेको छ।सहकारीको अन्तर्गत बचत प्रवर्द्धन तथा सेयर वृद्धि उपसमितिले दुई दिने उद्घोषण कार्यक्रम गरेको कार्यक्रम संयोजक एवं सञ्चालक समिति सदस्य तारा सुनारले जानकारी दिइन।

दुई दिने तालिमको सहजीकरण संस्थाका अध्यक्ष डोलराज भण्डारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन उपसमिति सदस्य सुस्मिता न्यौपानेले साथै स्वागत मन्तव्य पवित्रा भुसालले तथा शुभकामना मन्तव्य संस्थाकी उपाध्यक्ष देवकला खनाले प्रस्तुत गरेकी थिइन्।

तालिमले समूह सञ्चालक तथा उपसमिति सदस्यहरूको नेतृत्व र संवाद क्षमतामा थप सुदृढता ल्याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal