
सुनवल।लामो समयदेखि दमकल नहुँदा आगलागी नियन्त्रणमा कठिनाइ भोग्दै आएको सुनवलमा अन्ततःदमकल आउने भएको छ।करिब १ बर्षमा कहिलेकाही कलकत्ता र कहिले बिरगंज भन्सार आइपुग्यो भनिएको दमकल काठमाडौ आइपुगेको छ।
युनाइटेड मिसन नेपाल र स्वयंसेवी कोर्प्स नेपालको पहल जापानको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट्सको अनुदान सहयोगमा सुनवल नगरपालिकाले दमकल प्राप्त गर्ने भएको हो।दमकल आएपछि नगर क्षेत्रमा हुने आगलागी तथा अन्य आकस्मिक घटनामा तत्काल नियन्त्रण र विपद व्यवस्थापनमा राहत पुग्ने अपेक्षा गरिएको छ।

Fire trucks and representatives. Photo Courtesy: Japan Embassy in Kathmandu
सुनवल नगरपालिका दमकलको सञ्चालनका लागि आवश्यक जनशक्ति तालिम,इन्धन आपूर्ति तथा मर्मत व्यवस्थापनमा तयारी गर्दैछ।जापानमा प्रयोग हुदै आएको दमकल मर्मत सम्भारपछी सुनवलमा लागेको हो। सुनवलमा आगलागी हुदा छिमेकी पालिकाको भर पर्नु पने बाध्यता हटने स्थानीयले बताएका छन ।
युनाइटेड मिसन नेपालले पश्चिम नवलपरासीको सुनवलमा कार्यालय रहेको सुनवल सामुदायिक विकास केन्द्रको संग साझेदार सस्थाको रुपमा सामाजिक कार्यगर्दै आएको छ।
जापान सरकारले कोशी, लुम्बिनी, मधेस, वाग्मती र गण्डकी प्रदेशका १२ नगरपालिकामा छिट्टै तैनाथ गर्ने गरी नेपाली युनाइटेड मिसन नेपाल र स्वयंसेवी कोर्प्स नेपाल गरि दुई गैरसरकारी संस्थालाई बुधबार १२ वटा रिसाइकल फायर इन्जिन हस्तान्तरण गरेको छ ।
भोलि बिहीबार एक औपचारिक कार्यक्रममा गरी दूइ गैरसरकारी सस्थाले सुनवल सहित देशभरका १२ वटा स्थानीय तहलाई दमकल हस्तान्तर गर्नेछन।











