ट्रेन्डीङ्ग

जेसीज राष्ट्रिय अध्यक्षका लागि जीवन कार्कीको उम्मेदवारी घोषणा

काठमाडौं।नेपाल जेसीजका अनुभवी तथा सक्रिय युवा नेता जेसी जीवन कार्कीले २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी रामेछाप जेसीजका तर्फबाट आधिकारिक उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका हुन्।

कार्कीले आफ्नो उम्मेदवारी अभियानलाई ‘प्रोजेक्ट संकल्प २०२६ : एकताको संकल्प, रूपान्तरणको यात्रा’ नाम दिएका छन्। अभियानको मूल नारा ‘लक्ष्य राखौँ, कार्य गरौँ, सफलता हासिल गरौँ’ रहेको छ।

‘नेतृत्व पद होइन, जिम्मेवारी र रूपान्तरणको प्रक्रिया हो,’ कार्कीले भने, ‘स्पष्ट लक्ष्य बनाएर दृढताका साथ अघि बढे मात्रै साझा सफलता सम्भव हुन्छ।’

उनले जनकपुरमा हुने नेपाल जेसीजको ५२औँ राष्ट्रिय अधिवेशनमा आफ्नो दृष्टि, रणनीति र कार्ययोजना प्रस्तुत गर्ने तयारी गरेका छन्।

रामेछापबाट जेसीज यात्रा सुरु गरेका कार्की सन् २०१५ मा सदस्य बनेका थिए। उनले क्रमशः २०२१ मा शाखा अध्यक्ष, २०२२ मा राष्ट्रिय उपाध्यक्ष र २०२३ मा कार्यकारीणी उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

५१औँ अधिवेशनमा पनि अध्यक्ष पदका उम्मेदवार बनेका बेला कार्कीले ‘मन जिते तर मतले हारे’ भन्ने उपमा पाएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal