ट्रेन्डीङ्ग

जिवित मान्छेको मृत्यु दर्ता गराएको आरोपमा वडा अध्यक्ष र सचीव सहित ४ जना पक्राउ

सुस्ता।जिवित मान्छेको मृत्यु दर्ता गरेको आरोपमा वडा अध्यक्ष र सचीव पक्राउ परेका छन।पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजय कुमार चौधरी सहित चार जना पक्राउ परेका हुन।


उनीहरु विरुद्ध जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी विरदत्त पन्तले जानकारी दिए।

मृत्यु दर्ता गर्न झुटा विवरण पेश गर्ने नारायणी पारीको सुस्ता गाउँ बस्ने ३१ वर्षीय तारिख मियाँ अन्सारी पक्राउ परिसकेका छन।मियाँले वडा नम्बर पाँचमा आफ्नो पिताको मृत्यु भएको भन्दै भाइ पर्ने अर्का ६६ वर्षीय व्यक्तिको गत वर्षको मंसिर ७ गते मृत्यु दर्ता गराएका थिए।मियाँको पिताको भने २०६० सालमै मृत्यु भइसकेको थियो।

मृत्यु दर्ता भएको थाहा पाएपछि गत वर्षको चैत्र महिनामा मृत्यु दर्तामा नाम उल्लेख भएका वृद्धका छोराले प्रहरीमा जाहेरी दिएका थिए।त्यसलगत्तै अदालतमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।मृत्यु दर्ताको मुचुल्कामा साक्षी बस्ने वर्ष ५५ का छोटे खाँ पनि पक्राउ परेका छन।साक्षीमा हस्ताक्षर गर्ने बाँकी ७ जना फरार रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।


राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण ऐन, २०७६ को परिच्छेद ६ को ४१ (ग) र (च) बमोजिम झुट्टा विवरण पेश गरि मृत्यु दर्ता प्रमाण पत्र बनाएको कसुरमा पक्राउ परेको र आज अदालतबाट म्याद थप गरि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal