
सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११, १२ र १३ (साबिक रामनगर गा.वि.स) का युवाले सञ्चालन गरेको आन्दोलनपछि ताला लगाइएका वडा कार्यालयहरू आगामी भदौ ३० गतेदेखि पुनः खुल्ने भएका छन्।भदौ २३ गतेदेखि सुरु भएको युवाको आन्दोलनका क्रममा वडा कार्यालयमा तालाबन्दी गरिएको थियो।
युवा हरूले राखेका माग सम्बोधन गर्न आइतबार नगर उपप्रमुख, सम्बन्धित वडाध्यक्ष र युवाबीच छलफल भएपछि सहमति जुटेको रामनगर युवाले विज्ञप्ति मार्फत जानकारी दिएका छन।सहमति अनुसार वडाध्यक्षस्तरमै पूरा गर्न सकिने माग तत्काल कार्यान्वयन गरिने र बाँकी माग नगरसभामार्फत अघि बढाइने निर्णय गरिएको छ।
विज्ञप्तिमा तोडफोड वा क्षति नगरेको स्पष्ट पार्दै आन्दोलन मूलतः माग सम्बोधनका लागि गरिएको उल्लेख गरिएको छ। साथै, आन्दोलन स्थगित गर्दै छलफललाई सफल बनाउन भूमिका निर्वाह गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिएको छ।