ट्रेन्डीङ्ग

“तिम्रो नगरमा”

“तिम्रो नगरमा”

 

तिम्रो नगरमा
तिम्रो नजरमा
कहिले सत्य मिल्दैन
कहिले झुट मिल्दैन
कसरी मिल्छ सबै कुरा
कहिले पार्टी मिल्दैन
पार्टी मिले गुट मिल्दैन

कुन दिशामा गुड्यो गाडी
खै कहिल्यै रुट मिल्दैन
कहिले प्रस्ताव मिल्दैन,कहिले
दूत मिल्दैन
,

तिमिलाई सधै छुट
हामिलाई कहिल्यै छुट मिल्दैन
कुन कालमा छौ,पर्खिएको के हो
कहिले बर्तमान मिल्दैन
कहिले भविष्य अनि भूत मिल्दैन

घेरा हाल्नेकै घेरामा
रह्यौ,नच्याप्नेलाई च्यापौ
बुझ्नु पर्थ्यो उहिले,गर्धन थापिँदा
यो अटुट मिल्दैन ।

छेकियो के ले रोकियो केले
हेर कहिँ कतै फुट मिल्दैन
यो अवसर भन्ने बुझेनौ कि!
ईतिहासमा यस्तो एकजुट
मिल्दैन

तिम्रो नगरमा
तिम्रो नजरमा
कहिले पार्टी मिल्दैन
कहिले गुट मिल्दैन
मुक्ति तिवारी
बर्दघाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal