ट्रेन्डीङ्ग

गणेशमान/कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठानद्वारा १२औँ पुरस्कार समारोह सम्पन्न, ७ जना व्यक्तित्व सम्मानित

बुटवल।कर्मयोगी समाजसेवी गणेशमान सैजु र कृष्णप्यारी सैजुको ९३औँ तथा ९२औँ जन्मजयन्तीको अवसरमा गणेशमान/कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान (ट्रस्ट) बुटवलद्वारा आयोजित १२औँ वार्षिक पुरस्कार समारोह भव्य रूपमा सम्पन्न भएको छ।



कार्यक्रममा प्रतिस्ठानका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता एवं बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे प्रमुख अतिथि सम्पन्न कार्यक्रममा समाजसेवा, साहित्य, पत्रकारिता, शिक्षा लगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ७ विशिष्ट व्यक्तित्वहरूलाई दोसल्ला, सम्मानपत्र र पदकसहित सम्मान गरिएको थियो। शकुन्तला ज्ञवाली पौडेल (साहित्य – कपिलवस्तु),प्रतिमा गौतम (रेडियो मुक्ती – बुटवल),नारायण अग्रवाल (समाजसेवी भैरहवा) दामोदर खनाल (पत्रकार – एभिन्युज टेलिभिजन) बसन्तध्वज जोशी (पूर्व प्रधानसम्पादक – एक्सरे साप्ताहिक)लवकुमार जोशी (शिक्षा पाल्पा) निर्मल श्रेष्ठ (साहित्य/इतिहास तानसेन)लाई सम्मान गरिएको थियो।



प्रतिष्ठानद्वारा विभिन्न अक्षयकोष र छात्रवृत्तिहरू समेत वितरण गरियो, जसमा शिक्षा, साहित्य, पुस्तकालय विकास र सामाजिक सेवामा योगदान पुर्‍याउने संस्थाहरूलाई आर्थिक सहयोग प्रदान गरिएको थियो। जनसेवा मावि सुनवलका २ विद्यार्थीलाई वार्षिक शुल्कसहित छात्रवृत्ति प्रदान गरिएको छ। साथै, SEE परीक्षामा GPA 4 ल्याउने सिजल पन्थीलाई नगद ५,१२५ रुपैयाँ पुरस्कार प्रदान गरिएको हो।



प्रतिष्ठानले यसै वर्ष समाजसेवी गणेशमान र कृष्णप्यारी सैजुको जीवन आधारित वृत्तचित्र निर्माण गर्ने घोषणा पनि गरेको छ।कार्यक्रममा विश्व हिन्दु महासंघ, नवजागृति पुस्तकालय, सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्धाश्रम, विभिन्न साहित्यिक तथा सामाजिक संस्थाहरूको सहकार्य रहेको थियो।



विभिन्न कार्यक्रममा प्रतिष्ठानद्वारा साहित्यकार मोदनाथ प्रश्रित, काजी रोशन, समाजसेवी शेरबहादुर गुरुङ, पत्रकार बालकृष्ण चापागाई, गायिका देविका बन्दना, खेलाडी राहुल विक, प्रकृति संरक्षणकर्मी यमलाल भण्डारी, रामायण वाचिका ज्ञानु अर्याल, सम्पादक कृष्णप्रसाद कोइराला, पत्रकार महेन्द्र थापा, महिला अगुवा शान्ति खेगुली, साहित्यकार ध्रुवराज काफ्ले, गायक सुरेश सेन्चुरी, रक्तदान अभियन्ता कृष्ण चौहान, हिरादेवी शाक्य, टिका प्रसाद लामिछाने, महिला पत्रकार भगवती पाण्डे, डा. हिरणलाल ज्ञवाली, समाजसेवी एजाज आलम, डा. चक्रराज पाण्डे, समाजसेवी सागर प्रताप राणा, रेबिका थापा लगायतलाई सम्मान गर्दै आएको छ।



कार्यक्रममा विभिन्न अतिथिहरूको मन्तव्य, कविता वाचन तथा बुलेटिन विमोचन (ॐ ज्ञानज्योति र नवजागृति) समेत गरिएको थियो। श्रावण १५ को अवसरमा परम्परानुसार खिर प्रसाद वितरण संरक्षक अनुपमान सैजुले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal