
परासी।क्रान्तिकारी कम्युनिस्ट पार्टीले देशभर व्यापक रूपमा मौलाउँदै गएको भ्रष्टाचारविरुद्ध जनचेतना तथा कारबाही अभियान सुरु गर्ने घोषणा गरेको छ। नवलपरासी जिल्ला पार्टीले परासीमा पत्रकार सम्मेलन गर्दै स्थानीय तहदेखि केन्द्रसम्म व्याप्त भ्रष्टाचारको विरुद्ध आन्दोलनको संकेत दिँदै,तीनवटै तहमा भएको अनियमितताको सशक्त प्रतिरोध गर्ने अठोट व्यक्त गरेको हो।
घोषणासभामा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज छत्र बहादुर थापा रहेका थिए। उनले पछिल्लो समय विदेश रोजगारसम्बन्धी भिजिट भिसा काण्ड, स्थानीय तहमा नदीजन्य पदार्थको दोहन, मिटर ब्याज, सहकारी तथा लघुवित्तमा भएको अनियमितता लगायतका विषयमा ठोस अनुसन्धान र कारबाहीको माग गर्दै, भ्रष्टाचारमा संलग्नहरूलाई अब नछाडिने चेतावनी दिए।
उनले भने, “तिनै तहका सरकारहरूमा भ्रष्टाचार संस्थागत भएको छ। सत्ता सञ्चालन गरिरहेका प्रमुख दलहरू- कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र रास्वपा सबै गलत दिशामा लम्किरहेका छन्। अहिलेको असफल संरचनामा बसेर विकास सम्भव छैन।”
पार्टीका अनुसार नेकपा बहुमत, मसाल र वैद्य नेतृत्वका क्रान्तिकारी माओवादीबीचको एकतापछि पुनर्गठित पार्टीले हालसम्म देशभर १६ ब्युरो र ७७ जिल्लामा डेढ महिनाको जनसम्बन्ध विस्तार अभियान सञ्चालन गरिसकेको छ। अभियानका क्रममा न्यायिक समिति गठन गरिएको जानकारी दिइएको छ, जसले अबदेखि भ्रष्टाचारमा संलग्नहरूलाई “जनस्तरमै कारबाही गर्ने” तयारी गरेको छ।घोषणा कार्यक्रममा थापाले अबदेखि नदीजन्य पदार्थको अवैध दोहन, सहकारी घोटाला, वित्तीय संस्थाबाट गरिएको ठगी तथा जनविरोधी निर्णयहरूविरुद्ध भण्डाफोर अभियान सञ्चालन गरिने बताए। उनका अनुसार, “अब भ्रष्टाचारको स्तरअनुसार सजाय जनताकै हातबाट हुनेछ। चेतावनी मात्र होइन, कारबाहीको चरण सुरु हुन्छ।”
पार्टीले देश भ्रष्टाचार सुचकांकमा १०७औं स्थानमा पुगेको उल्लेख गर्दै वर्तमान प्रणालीलाई जनविरोधी र जनतामाथि थोपिएको दाबी गरेको छ।
पार्टीका जिल्ला सचिव रवि पाण्डेले कार्यक्रममा बोल्दै भने, “जनताको सम्पत्ति लुट्ने, अवसर खोस्ने र दोश्रो दर्जाको नागरिक बनाउने प्रवृत्तिको अन्त्यका लागि यो अभियान सुरु गरिएको हो। भ्रष्टाचारविरुद्ध अब सघन जनसंघर्ष अपरिहार्य बनेको छ।स्थानीय तहमा नदीजन्य पदार्थको दोहन, मिटर ब्याज, सहकारी तथा लघुवित्तमा भएको अनियमितता लगायतका विषयमा ठोस अनुसन्धान र कारबाहीको माग गर्दै, भ्रष्टाचारमा संलग्नहरूलाई अब नछाडिने चेतावनी दिदै वर्तमान प्रणालीलाई जनविरोधी र जनतामाथि थोपिएको दाबी गरेको छ।
उनले भने,“तिनै तहका सरकारहरूमा भ्रष्टाचार संस्थागत भएको छ। सत्ता सञ्चालन गरिरहेका प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र नयाँ भनिएको पार्टी रास्वपा पनि गलत दिशामा लम्किरहेका छन। असफल संसदीय व्यवस्था संरचनामा बसेर विकास सम्भव छैन।”पार्टीका अनुसार, बहुमत, मसाल र वैद्य नेतृत्वका क्रान्तिकारी माओवादीबीचको एकतापछि पुनर्गठित पार्टीले हालसम्म देशभर १६ ब्युरो र ७७ जिल्लामा डेढ महिनाको जनसम्बन्ध विस्तार अभियान सञ्चालन गरिसकेको छ। सोही क्रममा न्यायिक समिति गठन गरिएको जानकारी दिइएको छ, जसले अबदेखि भ्रष्टाचारमा संलग्नहरूलाई “जनस्तरमै कारबाही गर्ने” तयारी गरेको पार्टीले जनाएको छ।