ट्रेन्डीङ्ग

नेपाल राष्ट्रिय शिक्षक संगठन नवलपरासी पश्चिमको अध्यक्षमा सुवेदी

परासी।नेपाल राष्ट्रिय शिक्षक संगठन, नवलपरासी पश्चिमको १३औँ अधिवेशनबाट हुमनाथ सुवेदी अध्यक्षमा चयन भएका छन।सुनवल -१३ बडेरामा सम्पन्न एमाले निकट शिक्षक संगठनको अधिवेशनबाट देव नारायण चौधरी र सुशिला घिमिरे उपाध्यक्षमा निर्वाचित भएका छन।

त्यसैगरी सचिवमा हुमराज खनाल, सह-सचिवमा लक्ष्मी अर्याल, कोषाध्यक्षमा शेषकान्त अर्याल तथा सह-कोषाध्यक्षमा लक्ष्मी पौडेल चयन भएकि छन।सदस्यहरुमा मदन सुवेदी, सारदा पाण्डेय, दिलाराम अर्याल, उदयबहादुर रुचाल, देवबहादुर सारु मगर, चिनक प्रसाद मुखिया र रञ्जना चौधरी चयन भएका छन।

लेखा समितिको संयोजकमा कर्ण बहादुर रहादी मगर रहेका छन् भने सदस्यमा खुमप्रसाद अर्याल चयन भएका छन्।एक जना सदस्य पछि थपिने संगठनले जनाएको छ।कार्यक्रममा बढुवा भएका र सेवा निर्वत्त साथै नयाँ नियुक्ति शिक्षक सम्मान समेत गरिएको थियो ।

अधिवेशनमा सुनवल नगरपालिका नगर प्रमुख बिमला अर्याल,उपप्रमुख सुर्य दुवे ,नगर प्रवक्ता कृष्ण प्रसाद बगाले,जिल्ला शिक्षा समिति सुर्य प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेकोे थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?