ट्रेन्डीङ्ग

भुमहीमा १५ जनाले गरे रक्तदान

सुनवल।रामनगर बजार विकास संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।बजार विकास संस्थाका अध्यक्ष युवराज भुसालको अध्यक्षता र वडा नम्बर १२ का वडा अध्यक्ष चुरामणी पौडेल(दिपक)को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि पौडेलले रक्तदानले स्वास्थ्य र सामाजिक उत्तरदायित्वप्रतिको चेतना अभिवृद्धि गरेको जनाउँदै यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।

रक्तदान कार्यक्रममा १५ जना रक्तदाताले रक्तदान गरेको कृष्ण क्षेत्री( नेपाली मान्छे)ले जानकारी दिए। आगामी दिनहरूमा सामाजिक कार्यक्रम निरन्तर सञ्चालन गर्ने रामनगर बजार विकास संस्थाले जनाएको छ ।


बजार विकास संस्थाको आयोजनामा लुमि ब्युट्री जोन तथा तालिम केन्द्रको सहकार्य र नवलपरासी रेडक्रस शाखाको प्राविधिक व्यवस्थापनमा सुनवल नगरपालिका-१२, भुमहीस्थित रामनगर उपस्वास्थ्य चौकी प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal