ट्रेन्डीङ्ग

सरकारले अराजकता बढाएको छ:राजु थापा

बैशाख ४,पोखरा
चापकोट स्याङ्जा पोखरा मन्चले नयाँ वर्षको भितेपात्रो विमोचन एवम शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै सविधानसभा सदस्य राजु थापाले सरकारले संविधान विपरित कार्य गरेर अराजकता बढाइरहेको बताउनु भएको हो ।

नयाँ वर्षको सबै देशविदेशमा रहनुभएका नेपालिहरुमा शुभकामना व्यक्त गर्दै देशमा अराजकता बढाउन सरकार तल्लिन रहदा युवाहरूलाई रोजगारीका अवसर बाट वन्चित हुन पुगेको बताउनुभयो ।

कार्यक्रममा सस्थाका सल्लाहकार बाबुराम गिरि ,बद्रीनाथ आचार्य स्याङ्जा सम्पर्क सदनका अध्यक्ष लिला पङेनी लगायतले चापाकोट नगरपालिकाको विकासमा एकजुट हुनुपर्ने भनाइ राख्नुभएको थियो ।

मन्चका अध्यक्ष हिमलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य क्यालेन्डर प्रकाशन समितिका सयोजक सन्तोष श्रेष्ठले गर्नुभएको थियो भने सन्चालन सचिव रामचन्द्र तिवारीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal