ट्रेन्डीङ्ग

एमाले नेता प्रदिप नेपालको निधन

नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ। नर्भिक अस्पतालमा उपचाररत नेता नेपालको निधन भएको हो ।

नर्भिकको आईसीयूमा उपचाररत नेता नेपाल पार्किन्सन्स रोगबाट ग्रस्त थिए ।उनलाई निमोनिया पनि देखिएको अस्पताल स्रोतले जानकारी दियो ।

उनी साहित्यकारसमेत हुन् । नर्भिक अस्पतालका सीईओ अजय मिश्रका अनुसार नेता नेपालको निधन केहीबेरअघि भएको हो ।

नेता नेपाल पछिल्लो समय राजनीतिक दृश्यमा थिएनन् । एमालेको नवौं महाधिवेशनसम्म सक्रिय रहेका नेपाल पछिल्लो समय गुमनामजस्तै थिए । पार्टीका भेला, बैठकमा उपस्थित थिएनन् । २०५१ सालमा पार्टीले अल्पमतको सरकारको नेतृत्व गरेका बेला सूचना तथा सञ्चारमन्त्री बनेका थिए नेपाल ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?