ट्रेन्डीङ्ग

सुनवलमा लोक सांस्कृतिक सङ्ग्रहालयको शिलान्यास

पश्चिम नवलपरासीको सुनवलमा लोक सांस्कृतिक सङ्ग्रहालयको शिलान्यास गरिएको छ।सुनवल -११ भण्डरीमा एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद खड्ग बस्नेत गरेका थिए।

लुम्बिनी प्रदेशको लगानीमा बन्न लागेको संग्रहालयमा विभिन्न संस्कृति संग जोडिएका भेषभुषा बाजागाजा सहितको सामाग्री र ऐतिहासिक पहिचान झल्किने गरि निर्माण गरीने प्रतिष्ठानले जनाएको छ।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठान नवलपरासी जिल्ला अध्यक्ष श्यामकला भण्डारीको अध्यक्षमा भएको कार्यक्रममा सुनवल नगरपालिका उपप्रमुख सूर्यप्रसाद दुबे, वडा अध्यक्षहरू कृष्णप्रसाद बगाले, कमल चुवाइ, चुरामणि पौडेल लगायत उपस्थित भएको प्रतिष्ठान सहकोषाध्याक्ष कृष्ण क्षेत्री नेपाली मान्छेले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?