ट्रेन्डीङ्ग

बुटवल कालिका क्याम्पसमा अक्षय तृतीया मनाउँदै जौको सातु र सर्वत ग्रहण

बुटवल। आज वैशाख शुक्ल तृतीया, अर्थात् अक्षय तृतीया, बुटवल कालिका क्याम्पसमा परम्परा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मनाइएको छ।

बिएसड्ब्लु क्लब अफ बिकेसी आयोजनामा भएको कार्यक्रममा जौको सातु र सर्वत ग्रहण गरी अक्षय तृतीया पर्व मनाइएको हो। कार्यक्रमका प्रमुख सहभागीहरूमा सहायक क्याम्पस प्रमुख महेश पाण्डे, बिबिएस संयोजक बुद्दिराम चौधरी विभिन्न प्राध्यापकहरू, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो।

प्राचीनकालदेखि वसन्त ऋतुको उष्णतामा शरीरलाई स्वस्थ राख्न जौको सातु र सर्वत खाने परम्परा रहिआएको छ। शरीरको स्वास्थ्यका लागि उपयोगी मानिने जौको सातु र सर्वत दान गर्ने र ग्रहण गर्ने परम्पराअनुसार यो पर्व मनाउने गरिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?