ट्रेन्डीङ्ग

मन्त्रिपरिषद् बैठक ५ बजे, शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने

काठमाडौँ।मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक आज साँझ ५ बजे बस्न लागेको हो। बैठकमा आन्दोलनरत शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने तयारी छ।

शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने प्रस्ताव लैजाने गरी तयारी गरेको छ।

यद्यपि, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे भने गृहकार्य भइसकेको छैन। सिफारिस समितिले तीन जनाको नाम पठाएपछि मात्रै मन्त्रिपरिषद्ले त्यसमा निर्णय गर्नेछ।

अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको तीन जनाको समितिले अहिलेसम्म सिफारिस गर्न सकेको छैन। चैत २५ गतेदेखि गभर्नर पद रिक्त छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal