
परासी।पश्चिम नवलपरासीका सात स्थानीय तहमा कडा सिघ्र कुपोषणको संख्या १ सय ४१ र मध्यम सिघ्र कुपोषण वालबालिकाको सख्या ११ हजार ३ सय ३ जना रहेको एक तथ्याङ्कले देखाएको छ।
जसमा २ जना प्रतापपुर गाउँपालिकाको जगन्न्थ स्वास्थ्य केन्द्र अन्तरगत उपचारमा रहेका छन । कुल २२ हजार ९ सय १४ जना ६ महिनादेखि ५९ महिना सम्मका बालवालिकाको पोषण अवस्था लेखाजोखा गर्दा उक्त तथ्याङ्क देखाएको हो ।
बेस नेपाल र रहेलकेलर इन्टरनेर्सनल नामक गैर सरकारी सस्थाले गरेको सर्वेले उक्त तथ्याङ्क देखाएको हो । पाल्ही नन्दन गाउँ पालिकामा २६ सय ८० वालबालिकाको पोषण अवस्था जाँच गर्दा १ सय ८३ मध्यम र २३ जना वालबालिका कडा कुपोषणसीत रहेका छन ।
प्रतापपुर गाउँपालिकामा २७ सय ८६ बालवालिकाको पोषण अवस्था लेखाजोखा गर्दा १ सय ४६ मध्यम र १३ जना कडा कुपोषीत वलबालिका रहेका छन । सरावल गाउँ पालिकामा २७ सय ९५ जना वालबालिकाको चेकजाँच गर्दा १ सय ६८ मध्यम र १३ जना कडा कुपोषीत बालवालिकाका रहेका छन ।
सुस्ता गाउँपालिकामा २७ सय ८ जना वालबालिकाको पोषण अवस्था लेखाजोखा गर्दा १ सय ५२ जना मध्यम र २७ जना कडा कुपोषीत बालवालिका रहेका छन । त्यस्तै वर्दघाट नगरपालिकामा ४२ सय ८० जना वालबालिकाको पोषण अवस्था लेखाजोखा गर्दा १ सय ५९ जना वालबालिका मध्यम र २६ जना कडा कुपोषीत वालबालिका रहेका छन ।
सुनवल नगरपालिकामा ३७ सय ९० जना वालबालिकामा कुपोष लेखा जोखा गर्दा १ सय २४ जना मध्यम र ४ जना कडा कुपोषीत वालबालिका रहेको देखिएका छन । रामग्राम नगरपालिकामा ३८ सय ७१ वालबालिकाको कुपोष लेखा जोखा गर्दा १ सय ७१ मध्यम र २४ जना वालबालिका कडा कुपोषीत देखिएका छन । पोषण मार्फत जीवन रुपान्तण जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको सम्युक्त अनुगमन कार्यक्रम पछि भएको समिक्षा कार्यक्रममा उक्त जाँनकारी दिईएको हो ।
वेस नेपालका कार्यक्रम संयोजक शालिकराम पोखरेलका अनुसार गत मंसिर देखी चैत्र मसान्तसम्म चलेको अभियानमा नवलपरासी पश्चिममा ६ देखि ५९ महिनाका बालवालिकाको पोषण अवस्था लेखाजोखा गर्दा नवलपरासी पश्चिममा १० हजार ८ सय ८६ बालिका र हजार १२ हजार २८ जना बालकको अभियानमा लेखा गरिएको थियो ।
५ सय ९५ जना बालवालिका उपचार पछि सन्चो भएर फर्केका छन भने २ जना प्रतापपुरको जगन्न्थ स्वास्थ्य केन्दै अन्तरगत उपचारमा रहेका छन । उक्त कार्यक्रम १४ देशमा लागू भएको छ भने लुम्बिनी प्रदेसका ४ जिल्लाका ४३ पालिकामा कार्यक्रम लागु भएको छ ।