
नवलपरासी – पुर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी लाई कार्यकक्षमा नै दुव्र्यवहार भएको छ । कार्यालयमा परिसरमा एक युवाले गाली गलौज गर्दै हेलमेटले प्रहार गरेका हुन् ।
नेकपा एमाले बाट निर्वाचित भएका गिरीलाई एमाले निकट युवाका नेता सुदिप आचार्यले आक्रमण गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।
खोलाको नदिजन्य पदार्थ र क्रसर उद्योगको विषयमा पालिका अध्यक्ष सङ र विवाद भएको बुझिएको छ ।
आज विहान कार्यालय परिसरमै अध्यक्ष गिरीलाई कुटपिट भएको हो।कुटपिट गर्ने सुदिप आचार्य अहिले सम्पर्कमा नरहेको र खोजी कार्य जारी रहेको नवलपुर प्रहरीले जनाएको छ।प्रहरीले घटनाको कारण भने खुल्न नसकेको जनाएको छ ।