ट्रेन्डीङ्ग

आरआरमा स्ववियु चुनाव,सदस्य पदमा तेक्वान्दो खेलाडी पौडेलको उम्मेद्वारी 

स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको सरगर्मी आर आर क्याम्पसहरूमा बढ्दै गएको छ।विद्यार्थी सङ्गठनहरू आआफ्ना उम्मेदवारलाई जिताउने प्रयासमा सक्रिय छन।

चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनहरूको तालाबन्दीका कारण स्थगित भएको थियो।सर्वदलीय सहमतिपछि चैत १६ गते निर्वाचन गर्ने निर्णय भए संगै रत्नराज्य लक्ष्मी(आरआर)क्याम्पसमा चुनावि माहोल बढेको छ ।

क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनहरू आआफ्ना उम्मेदवारहरूलाई जिताउन सक्रिय छन।नेपाल विद्यार्थी सँघ(नेविसंघ)बाट लामो समयदेखि सक्रिय विद्यार्थी नेता विशाल पौडेल प्रत्यक्ष सदस्य पदमा उम्मेदवार बनेका छन। पौडेलले बिनोदराज जोशीको प्यानलबाट उम्मेद्वारी दिएका हुन।

 

विद्यार्थी हकहितका लागि निरन्तर आवाज उठाउँदै आएका पौडेललाई जिताउन उनका समर्थकहरू अभियानमा जुटेका छन। विभिन्न सामाजिक कार्यमा समेत सक्रिय बिसीए अध्ययनरत तेक्वान्दो खेलाडी समेत रहेका पौडेल पश्चिम नवलपरासीको सुनवलका स्थायी बासिन्दा हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?