ट्रेन्डीङ्ग

पाल्हीनन्दनमा ६०औं जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसको अवसरमा अन्तरक्रिया

पाल्हीनन्दन।नेपाल उत्पीडित जातीय मुक्ति समाज पाल्हीनन्दन गाउँपालिकाको प्रथम सम्मेलन तथा ६०औं अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

अन्तरक्रिया कार्यक्रममा जातीय विभेद उन्मूलन,उत्पीडित समुदायका अधिकार,सामाजिक न्याय तथा समावेशीकरणका विषयमा छलफल गरिएको थियो।

समाजमा जातीय समानता कायम गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिँदै, विविध सुझावहरू संकलन गरेको थियो।उपस्थित वक्ताहरूले कानुनी सुधार, सचेतना अभिवृद्धि तथा उत्पीडित समुदायको हक संरक्षणका लागि प्रभावकारी नीति आवश्यक रहेकोमा वक्ताहरूले विशेष जोड दिएका थिए।

नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला अध्यक्ष राजेन्द्र विश्वकर्माको अध्यक्षता तथा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य तारा सुनारको प्रमुख आतिथ्यता एवं पुर्व राष्ट्रिय सभा सदस्य रामलखन हरिजन लगायत स्थानिय समाजसेवी, बुद्धिजीवी, अधिकारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्जय गौतम ले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?