ट्रेन्डीङ्ग

राप्रपा सुनवल वडा अधिवेशन : वडा ६ मा रिमाल, वडा १३ मा चौधरी

सुनवल।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुनवल नगरपालिकामा वडा अधिवेशनलाई तीव्रता दिइएको छ। राप्रपाले सुनवल वडा नं. ६ र वडा नम्बर १३ को वडा अधिवेशन सम्पन्न गरेको छ।

अधिवेशनबाट वडा ६ मा लिलाधर रिमालको नेतृत्वमा नयाँ वडा कार्यसमिति चयन भएको छ।जसको उपाध्यक्षमा विष्णु प्रसाद भण्डारी, महिला उपाध्यक्षमा सपना बि.क. र उपाध्यक्ष थिरालाल पराजुली चयन भएको राप्रपा केन्द्रिय सदस्य केशवराज खनालले जानकारी दिए।

सचिवमा श्रीधर काफ्ले,सह-सचिवमा होम प्रसाद सापकोटा र कोषाध्यक्षमा सीता थापा चयन भएका छन्।त्यसैगरी सदस्यहरूमा क्रमशः कर्ण बहादुर कार्की, पेमा न्यौपाने, सीता शाह, माया घिमिरे, भीम बहादुर क्षेत्री, नाथु प्रसाद कवर, प्रकाश थापा,बाबुराम भुसाल, जङ्ग बहादुर बोहरा, कविता बोहोरा, रुद्र अर्जुन बस्याल, डासुराम तिवारी, शान्ति घिमिरे र भीम बहादुर बि.क. चयन भएका छन्।

कार्यक्रममा निवर्तमान वडाध्यक्ष विष्णु प्रसाद भण्डारीको अध्यक्षता तथा पार्टीका ज्येष्ठ सदस्य लालबहादुर खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा पार्टीका केन्द्रिय सदस्य केशबराज खनाल तथा स्थानीय नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

त्यस्तै,वडा १३को अधिवेशनले मोहर प्रसाद चौधरीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ।अधिवेशनमा पार्टी संगठन सुदृढीकरण, स्थानीय समस्या समाधान तथा भावी योजनाहरूमा छलफल भएको राप्रपाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?