
सुनवल।राइजिङ स्टार नवलपरासीले तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि हात पारेको छ।शनिबार बाँकेको कोहलपुरमा सम्पन्न फाइनल खेलमा राइजिङ स्टारले आयोजक कोहलपुर रेसिङ सहारा फुटबल क्लब लाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
राइजिङका लागि बिनोद केवटले दुवै गोल गरेका थिए। उनले खेलको दोस्रो हाफमा दुई गोल गर्दै टिमलाई जित दिलाए। उत्कृष्ट प्रदर्शनका लागि उनलाई प्लेयर अफ द म्याच घोषित गर्दै ५ हजार नगद र ट्रफी प्राप्त गरे।
उपाधिसँगै राइजिङ स्टारले ८ लाख रुपैयाँ नगद र ट्रफी प्राप्त गरेको छ।उपविजेता बनेको कोहलपुर रेसिङ सहारा एफसीले ४ लाख रुपैयाँमा चित्त बुझायो।
प्रतियोगितामा व्यक्तिगत विधामा राइजिङ स्टारका खेलाडीहरू हावी भए।उत्कृष्ट गोलरक्षकमा प्रतिक सुनार,उत्कृष्ट डिफेन्डर चेतन चौधरी रसर्वाधिक गोलकर्ता बिनोद केवट र धनसिंह बिक( काक्रेबिहार ) र उत्कृष्ट प्रशिक्षक मान राइजिङका सन्दीप केसी घोषित भए।यसैगरी,प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी आयोजक टिमका बिनोद केसी घोषित भए।केसीले ५१ हजार नगद र ट्रफी प्राप्त गरे।
फागुन १७ गतेदेखि कोहलपुर रेसिङ सहारा फुटबल क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपाल,भारत र अफ्रीकन सहित ८ टोली सहभागी रहेका थिए।