ट्रेन्डीङ्ग

प्रधानमन्त्री ओलि नैतिकताका आधारमा राजीनामा नदिएर जितिया शासक जस्तो गर्दै हिँडे:नेता खाण

नवलपरासी । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्री केपि शर्मा ओलि नैतिकताका आधारमा राजीनामा नदिएर जितिया शासक जस्तो गर्दै हिँडेको बताए ।

नेपाली काङ्ग्रेस केन्द्रिय शिक्षा बिभागद्वारा नवलपरासीमा आयोजित “राष्ट्रिय शिक्षा निति” प्रारम्भिक प्रतिबेदन प्रस्ताव, छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नु हुँदै सचेतक खाणले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा नदिएर जितिया शासक जस्तो गर्दै हिँडेको बताउदै अब उनको सकिने दिन आएको बताउनुभयो ।

साथै सचेतक खाणले सबै भन्दा ठूलो जित निसन्देह वैचारिक जित भएको र त्यसमा नेपाली काङ्ग्रेस विजयी भएको बताउदै संविधानले स्थापित गरेको लोकतन्त्रका सारभूत मान्यताको प्रणेता पनि काङ्ग्रेस भएको उल्लेख गर्दै संविधानलाई बहुसंख्यक नेपालीहरुले खुला हृदयले स्वागत गरेको अवस्थामा सोही संविधानको कार्यन्वयनको जिम्मा भने नेपाली नागारिकले नेपाली कांग्रेसलाई नदिनु पार्टीभित्रकै गुट उपगुटले काम गरेको बताउनु भयो ।

विचार र निर्वाचन भिन्ना भिन्नै होइनन, एकै सिक्काका दुई पाटा हुन: एकको विजयले अर्कोमा पनि स्वत: विजय हुनु पर्ने हो । तर नेपाली काङ्ग्रेस पार्टीको विचारले जितेर पनि चुनाव किन हार्यौं त ? यसको अर्थ:के हाम्रो विचारले जितेकै होइन, हामी हाम्रो विचार जित्यो भन्ने भ्रममा छौं ? के नेपाली कांग्रेसको राजनीतिक विचारमा नेपाली जनताको र हाम्रो बुझाई फरक छ ? के अहिले राजनीतिक विचार र मुद्दाको नेतृत्व नेपाली कांग्रेसले गर्दैन ? यी प्रश्नहरूमा पार्टी भित्र गम्भिर र इमान्दार छलफल गर्नु पर्छ र एकपटक मात्र होइन निरन्तर छलफल गरेर किन हाम्रो र नेपाली जनताको हामीप्रतिको बुझाइमा सामन्जस्यता आउन सकेन ? यो बारेमा आम जनतालाई नेपाली काङ्ग्रेसले बुझाउनु पर्ने धारणा राख्नु भयो ।

साथै खाणले चुनावमा नेपाली कांग्रेसले खेप्नु परेको हारलाई कांग्रेस नेता कार्यकर्ताले सामान्य हारका रुपमा नलिएको बताउनु भयो । त्यसलाई प्रतिकुल चुनावी परिणामले आम कांग्रेस समर्थक तथा सुभेच्छुकहरुमा समेत चरम निराशा उत्पन्न गरेको छ । उनीहरुको आत्मसम्मानमा गम्भिर ठेस पुगेको छ । आफ्नो विचार, मूल्य र मान्यतालाई आम नागरिक र राष्ट्रिय राजनीतिले स्विकार गर्दागर्दै जसरी चुनावी हारको सामना गर्नु परेको थियो त्यसले कांग्रेसी तथा कांग्रेसजनमा एउटा विश्वासको संकटको स्थिति सिर्जना भएको बताउदै यसबारेमा पार्टीले गम्भीररुपले लिएर अगाडी बढनु पर्ने बताउनु भयो । साथै अब पार्टीलाई उकास्न वैचारिक, व्यवहारिक तथा रणनीतिक स्तरमा नयाँ सोच र गुट उपगुटमा अल्झिनु नहुने समेत सचेतक खाणले प्रष्ट पार्नु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal