ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीमा छिन् छिनमा विद्युत आपूर्ति बन्द हुँदा सर्वसाधारण मारमा

असोज ७ नवलपरासी ।
पूणर्रूपमा लोडसेडिङ अन्त्य गरिएको भनिएको नेपालमा विद्युतको सास्ती अझै कम हुन सकेको छैन । पश्चिम नवलपरासीका विद्युत उपभोक्ताहरूले अहिले छिन छिनमा जाने विद्युतबाट सास्ती पाइरहेका छन् । जिल्लाका सुनवल,भुमही, भुताहा, बर्दद्धाट,परासी,महेशपुर लगायत विभिन्न क्षेत्रमा भइरहेको विद्युत अनियमित, अघोषित रूपमा भइरहेको विद्युत लोडसेडिङ, लो भोल्टेजले आम उपभोक्ताहरुलाई सास्ती दिइरहेको छ । विद्युतमा देखिएको अनियमितले विद्युत उपभोग गर्ने सबैमा सास्ती बढ्दै गएको छ । जसका कारण विद्युतबाट सञ्चालन गरिएका उपकरणहरू कलकारखाना, मेसिनरी चिजहरूमा प्रत्यक्ष असर देखिएको छ । सास्ती बढेपछि उपभोक्ताहरू सेवाबाट प्रभावित भएका छन् । पटक पटक बिजुली जाने समस्या बढेपछि उपभोक्ताले गुनासो पनि गर्न थालेका छन् । लामोसमयको बन्दाबन्दिका कारण मर्कामा परेका व्यापार व्यवसायी पछिल्लो समय व्यापार संचालन गर्न पाउदा केहि राहत महशुस गरेको भएपनि केहि दिन यता पटकपटक बिजुली जाने समस्याले प्रत्यक्ष बिधुतबाट कारोबार गर्ने व्यवसायि मारमा परेको रम्भा आल्मुनियम एण्ड स्टिल्स सुनवलका व्यवसायि माधन न्यौपाने बताउनुहुन्छ । यसमा सम्बन्धित निकायको पहल आवश्यक रहेको उहाको भनाई छ ।
पटक पटक लाइन जाने समस्याले व्यवसायिमात्र होइन बिद्यार्थि पनि उत्तिकै समस्यामा परेका छन् । बन्दा बन्दिका कारण बिद्यालयको पठनपाठन बन्द रहे पनि बिभिन्न बिद्यालयहरुले अनलाईन कक्षा संचालन गरेका छन् । अनलाईन कक्षालाई पनि यसरी छिन् छिन्मा लाइन जाने समस्याले उनिहरुको शैक्षिक शिकाईमा बाधा पुर्याएको छ ।
तर नेपाल विद्युत् प्राधिरकरणले फेरि लोडशेडिङ हुन थाल्यो भन्ने हल्लामा सत्यता नभएको जनाएको छ । बुधबार प्राधिकरणले एक विज्ञप्तिमार्फत प्राविधिक समस्या र मौसमको कारण केही ठाउँमा विद्युत् आपूर्तिमा समस्या देखिएको र जति सक्यो छिटो समाधानको लागि पहल भइरहेको जनाएको हो । नियमित रुपमा गर्नुपर्ने मर्मत सम्भार तथा प्रणाली सुधारको कार्य गर्नु पर्दा विद्युत् आपूर्ति विच्छेद गर्नुपर्ने भएकोले पनि विद्युत् आपूर्तिमा समस्या भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले अहिले लोडशेडिङ गर्नुपर्ने अवस्था नरहेको र आमउपभोक्ताहरुमा थप भरपर्दो र नियमित विद्युत् सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal