ट्रेन्डीङ्ग

नेपाल शिक्षक संघ नवलपरासीद्वारा लेखा शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

बर्दघाट। नेपाल शिक्षक संघ नवलपरासीले लेखा विषयका शिक्षकहरूलाई एक दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ।तालिममा विद्यालयमा शिक्षण सिकाइ पद्दती,गुणस्तर सुधार र शैक्षिक रुपान्तरणमा सहजीकरण गर्ने विधिहरूको बारेमा जानकारी गराइएको थियो।

उद्घाटन सत्रमा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले शिक्षा सैद्धान्तिक मात्र नभई व्यवहारिक हुनुपर्ने र सीपयुक्त शिक्षा आवश्यक रहेको कुरा औंल्याए। शिक्षकलाई समाजमा सम्मानित पेशा भएकाले यसको मर्यादा र गरिमा महत्वपूर्ण भएको बताउदै शिक्षकले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिनुपर्ने कुरामा नगरप्रमुख श्रेष्ठले जोड दिए।

शिक्षक संघ नवलपरासीका अध्यक्ष भोजराज चापागाईंले तालिमले पछिल्लो समयको पाठ्यक्रमका समस्याहरूको समाधान गर्न मद्दत पुर्‍याउने र शिक्षण सिकाइलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। दाउन्नेदेवी माबिका प्रधानाध्यापक नेत्रलाल न्यौपानेले तालिमलाई पेशागत हकहित सुरक्षासँगै क्षमता अभिवृद्धिका लागि महत्त्वपूर्ण स्रोत रहेको बताए।

तालिमको सहजीकरण पूर्वान्चल विश्वविद्यालयका पूर्व उपकुलपति डा. यादवराज कोईरालाले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?