ट्रेन्डीङ्ग

तरगौलीमा प्रथम माघी पर्व र थारु महोत्सव सम्पन्न

सुनवल।पश्चिम नवलपरासीको सुनवल-७ तर्गौलीमा प्रथम माघी पर्व र थारु महोत्सव भव्य रूपमा मनाइएको छ।नवदुर्गा मन्दिर समिति र साम्यमाई बुद्ध युवा क्लबको संयुक्त आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव सफलतापूर्वक सम्पन्न भएको हो।

थारु समुदायको सांस्कृतिक पहिचानलाई जर्गेना गर्ने, संरक्षण र प्रवर्द्धन गर्ने तथा बुद्धसँग सम्बन्धित ऐतिहासिक तर्गौली तालको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको स्थानीय हेमन्त थारुले जानकारी दिए।

कार्यक्रममा थारु समुदायको संस्कृतिलाई झल्काउने विभिन्न प्रकारका सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको छविलाल थारुले बताए।महोत्सवमा सांस्कृतिक र परम्परागत विविधतालाई उजागर गरेका थिए।

कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धन गर्न र समुदायलाई एकजुट बनाउन महत्त्वपूर्ण भूमिका खेलेको दुर्गा मन्दिर समितिका अध्यक्ष भगिरथ कवरले बताए।

मन्दिर समितिका अध्यक्ष भगिरथ कंवरको अध्यक्षता तथा सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुनवल नपा वडा ८ अध्यक्ष नारायण आचार्य, ज्यामिरे सामुदायिक वन कि अध्यक्ष टिचन गुरुङ लगायत स्थानीयको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?