ट्रेन्डीङ्ग

सुनवलमा राष्ट्रिय एकता दिवसमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

सुनवल।राष्ट्रिय प्रजातन्त्र पार्टीको सुनवल नगरकार्यसमितिले राष्ट्रिय एकता दिवस तथा ३०३औं पृथ्वीजयन्तीको अवसरमा दीप प्रज्वलन तथा जलपान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा राष्ट्रिय एकता,विविधता र सहकार्यको महत्त्वलाई जोड दिँदै पृथ्वीनारायण शाहको योगदानप्रति सम्मान प्रकट गरिनुका साथै आपसी संवाद र सामाजिक सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा राप्रपाका विभिन्न तहका नेताकार्यकर्ता सहित स्थानीयको सहभागिता रहेको थियो।कार्यक्रमको उद्देश्य पृथ्वीनारायण शाहद्वारा सुरु गरिएको राष्ट्रिय एकताको महत्व स्मरण गर्दै भावी पुस्तालाई प्रेरणा प्रदान गर्नु रहेको वक्ताहरुले बताएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?