ट्रेन्डीङ्ग

मुर्गिया शाखा कुमारी बैंकको २० औ स्थापनामा सरसफाई तथा डस्टविन वितरण

सुमन ढकाल,रुपन्देही।
कुमारी बैंक मुर्गिया शाखाले २० औ स्थापनामा दिनमा सरसफाई तथा डस्टविन वितरण कार्यक्रम गरी सम्पन्न गरेको छ। कुमारी बैंक नेपालको १५ औ वाणिज्य बैंक हो जो काठमाण्डौ बिश्व वैंक,पश्चिमान्चल फाईनान्स,काक्रेबिहार बैंक, महाकाली विकास बैंक, देव विकास बैंक गाभिएर बनेको संस्था हो। २० औ स्थापना दिवस पारेर सैनामैना नगरपालिका मुर्गिया शाखा कुमारी बैंकका सहायक झविन्द्र भट्टराईको अध्यक्षतामा कार्यक्रम गरिएको थियो। कार्यक्रममा सैनामैना मुर्गिया दुर्घा मन्दिरमा सरसफाई तथा डस्टविन वितरण सम्पन्न संगै सैनामैना मुर्गिया ३ नं का वडा अध्यक्ष रत्न बहादुर पोडेलको उपस्थितिमा कार्यक्रम रहेको थियो। कार्यक्रममा बैंकलाइ निरन्तर रुपमा अगाडी बडाउदै र राम्रा कामलाई प्राथमिकता दिएर हौसलाका साथ लैजाने बैंक शाखा सहायक झविन्द्र भट्टराईले जानकारी दिनुभयो। ५०भन्दा बडि मानिसहरु कार्यक्रममा उपस्थिति जनाएका थिए। अब आउने कालमा यस्तै राम्रा गतिबिधि संगै कार्यक्रम गरी लैजाने अध्यक्ष पौडेलले बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal