सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ भुमहीमा अवस्थित जगन्नाथ माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा धर्मगत भुसाललाई सर्वसम्मत रुपमा चयन भएका छन। ६४ऑ बार्सिकोत्सव एव अभिभावक भेलाबाट छनौट भएकामध्ये अध्यक्षमा भुसाललाई सर्वसम्मत रुपमा मनोनित भएका हुन।
समितिको सदस्यहरुमा बासुदेब चौधरी, टेक ब क्षेत्री, टिका न्यौपाने,खोमकला सापकोटा र स्मृति बिश्वकर्मा चयन भएका छन।
त्यसैगरि विद्यालय व्यवस्थापन समितिको पदेन सदस्यमा सुनवल-१२ का वडाअध्यक्ष चुरामणि पौडेल (दिपक) र सदस्य सचिवमा प्रधानाध्यापक कर्ण बहादुर रहादी मगर रहेको सुनवल नगर शिक्षा शाखा अधिकृत पशुपति भट्टराईले जानकारी दिए।