ट्रेन्डीङ्ग

सुनवलमा अपाङ्गता भएका व्यक्ति संग सरोकारवाला बिच अन्तरक्रिया

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा ३३औंँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अन्तरक्रिया सम्पन्न भएको छ।सुनवल नगरस्तरीय अपाङ्गता समन्वय समितिको आयोजनामा अपाङ्गता भएका व्यक्ति संग सरोकारवाला बीच अन्तरक्रिया सम्पन्न भएको हो।

अन्तरक्रियामा बोल्दै नगर स्तरीय अपाङ्गता समन्वय समिति सदस्य धिरज श्रेष्ठ बिगत बर्षदेखि बारम्बार प्रयास गर्दागर्दै पनि अपाङ्गता भएका व्यक्तिलाई नगरले कुनै पनि क्षेत्रमा नसमेटेको आरोप लगाएका छन।उनले भने नगरपालिकाको कार्यलय अपाङ्ग मैत्री नहुदा कामकाजमा समस्या भएको दुखेसो पोखेका थिए।

लामोसमयदेखि अपाङ्गता क्षेत्रमा काम गरिरहेका सुनवल सामुदायिक सिकाई केन्द्रका अध्यक्ष सन्जय श्रेष्ठले बिगतदेखि नै अपाङ्गता भएका व्यक्तिलाई माग्ने मान्छे नभई अधिकार खोज्दा राज्यले अपमानित नजरले हेरेको आरोप लगाए।अध्यक्ष श्रेष्ठले नगरपालिकामा अपाङ्गता सहायता कक्ष स्थापना गर्नुका साथै अपाङ्गता भएका व्यक्तिका समस्या समाधान गर्न परिवार संग नियमित छलफल गर्नुपर्नेमा जोड दिएका थिए।

नवलपरासी अपाङ्गता पुनःस्थापन केन्द्र  जिल्ला उपाध्यक्ष दुर्गा क्षेत्रीले अपाङता भएका व्यक्तिलाई ह्विल चियर सहजै पाउन समस्या भएकालाई सहजीकरण गर्दिनु हुन आग्रह गरेका छ।अपाङ्गता भएका व्यक्तिलाई स्वनिर्भर बनाउन नगरपालिकाले विभिन्न किसिमका तालीमको व्यवस्था गर्नुपर्नेमा जोड दीएका थिए।कार्यक्रममा सहभागी वक्ताहरुले मोति प्रसाद तिवारी(रुद्र),अपाङ्गता भएका व्यक्तिलाई विशेष गरि ह्लिल चियर, तालीम र आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउन माग गरेका थिए।

सुनवल नगरपालिका नगरप्रमुख बिमला अर्यालले आवश्यकता र चाहाना धेरै भएकाले नियत बस अपाङ्गता भएको व्यक्तिको सम्बोधन बजेटमा कटौती नगरिएको बताउदै आगामी दिनमा समन्वय र सहकार्य गरि बजेट निर्माण गर्ने उल्लेख गरीन।

सुनवल नगर उपप्रमुख सुर्य दुवेले अपांगता व्यक्तिलाई दीर्घकालीन रूपमा समाधान हुने गरि अपांग मैत्री कार्यक्रम संचालन सुरुवात गर्न लागिएको बताउदै आगामी आर्थिक बर्षदेखि बजेट थप गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी कार्यक्रममा सुनवल नगरपालिका नगर प्रवक्ता वडा-१३ का अध्यक्ष कृष्णप्रसाद बगालेले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका समस्या समाधान गर्ने बिषयमा कमिकमजोरी हटाउदै छलफल गर्दै जाने र अहिले सानो सहयोगलाई पनि सकारात्मक रूपमा लिनुपर्ने बताए। त्यसैगरी वडा ६ का अध्यक्ष हिमलाल शर्मा,कार्यपालिका सदस्य भगवती बस्यालले अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

आधारभुत स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको आधारभूत स्वास्थ्य परियोजना(इन्द्रेणी)फेयर मेड फाउन्डेसनका कर्मचारी बसन्त सापकोटाले आधारभूत स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको सस्थाले सदैव अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्ति गर्दै यस कार्यक्रममा पनि आर्थिक सहयोग गरेको बताए।

सुनवल नगरस्तरीय अपाङ्गता समन्वय समितिका अध्यक्ष डिल्लीराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रेमा न्यौपानेको स्वागत साथै सचिव दिपक पौडेलको संचालनमा रहेको थियो।

सुनवल नगरपालिकाको आर्थिक सहयोगमा र इन्द्रेणी सामाजिक बिकास मन्च फेयरमेड फाउन्डेसनको साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाको सहकार्यमा साथै सुनवल सामुदायिक सिकाइ केन्द्रको सहयोगमा कार्यक्रमको गरिएको मोतिप्रसाद तिवारी(रुद्र) ले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal