ट्रेन्डीङ्ग

युवा संगठन नेपालको व्यास नगर कमिटी गठन

तनहु ।युवा संगठन नेपाल तनहुँ जिल्लाको ब्यास नगर पालिकामा राजकुमारको नेतृत्वमा १७ सदस्यीय नगर कमिटी गठन भएको छ।

उक्त नगर कमिटी गठन कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज निशान र युवा संगठन, नेपालका केन्द्रीय सदस्य तथा गण्डक , धौलागिरी ब्युरो ईन्चार्ज बिजयकुमारको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा संगठनका ब्युरो ईन्चार्ज बिजयकुमारले युवाहरू लाई प्रशिक्षित पार्दै भन्नू भयो, दलाल पुजीबादी संसदीय ब्यवस्थामा आसिन शासकहरुले आर्थिक समृद्धको नाममा दक्ष युवा जनशक्ति लाई ठाउका ठाउँ ढाट छल र भ्रम छाएको बताउदै भन्नु भयो।आर्थिक समृद्ध जुनबेला मुलुकमा उधोग कलकारखाना खोलेर युवाहरु लाई रोजगारको सृजना गरेशी मात्र हुने कुरा हो, तर नेपालमा त्यसको बिपरित रहेको, उल्टै पन्चायतीहरुले निर्माण गरेका समेत उधोग कलकारखाना बिदेशीहरु लाई कौडीको भाउमा बेचेर, युवाहरू लाई खाडि मुलुकको गल्लि गल्लीमा बस्तुको भाउमा बेचेर अझै हावा एवम् तथ्यहिन कुरा गरेर भ्रम फैलाउनु सामाजिक अपराध गरिरहेको र यिनीहरु बाट त्यस्तो कुनै युवा सम्बन्धि नया पृथक खालको कार्यक्रम लन्च नहुने बरु युवाहरु लाई लागू औषधिमा डुबाईदियर जाड रक्सि खुवायर लठैत पार्दै आफ्नो असली दास बनाउनेमा दुई मत नरहेको ठोकुवा गर्नु भयो ।

भ्रामक तथा दमनको चङ्गुलबाट पूर्ण रुपमा मुक्त हुनको लागी देश तथा बिदेशमा छरिएर बसिरहेका सबै क्रान्तिकारी युवाहरु एकीकृत जनक्रान्तिको झण्डा मुनि गोलबन्ध भई दलाल पुजीवादी संसदीय ब्यवस्थाको अन्त्य र बैज्ञानिक समाजबाद स्थापनाको बिकल्प नरहेको धारणा ब्याक्त गर्दै उपस्थित सबै युवाहरु लाई स्पस्ट पार्नु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?