ट्रेन्डीङ्ग

नेपाली सर्च इन्जिन प्रालिले डिजिटल बजारमा नयाँ क्रान्ति ल्याउने घोषणा

नेपाली सर्च इन्जिन प्रा. लि. एक नयाँ प्रयास हो।जसले नेपालमा रहेका उद्योग,ब्यवसायिक संघ संस्था, सामाजिक संघ संस्था,पर्यटकिय क्षेत्रहरू,होटल तथा रेस्टुरेन्ट लगायतका नेपालमा रहेका सम्पुर्ण संघ संस्थाको बारेमा जानकारी अनलाइनको माध्यमबाट खोजी गरि अनलाइनबाट त्यस क्षेत्रका सेवाहरू लिन सक्ने उद्देश्य राखेको छ।

नेपालि सर्च इन्जिन नेपालमा रहेका सम्पुर्ण संघ संस्था तथा उद्योग ब्यवसायहरुलाई डिजिटलको माध्यमबाट प्रचारप्रसार गर्ने बजारीकरण गर्ने र एउटै नेटवर्कमा खोज्दा भेटाउन सक्ने किसिमको सेवा सहित संचालित छ।

सर्च इन्जिन आधुनिक प्रणालीमा लर्निङ प्रविधिहरू प्रयोग गर्दै प्रयोगकर्ताको खोजी आदतहरू अध्ययन गरेर अझ परिष्कृत नतिजा दिने गरि संचालनमा आउदै छ।नेपाली सर्च इन्जिनले डिजिटलको माध्यमबाट सबै जानकारीलाई सहजै अन्वेषण गर्नका लागि उपयुक्त बनाउँछ, जसले डिजिटलको माध्यमबाट शिक्षा, व्यापार र अन्य क्षेत्रहरूमा राम्रो सुधार ल्याउन सक्छ।

कम्पनीका संस्थापक संचालक केशवराज खनालले भने,”हामीले नेपालमा डिजिटलमा आधारित रहेर नेपाली सर्च इन्जिन मार्फत स्थानीय संघ संस्था,ब्यवसायहरुलाई एक क्लिकमा संसारभर रहेका प्रयोगकर्ताहरूले मोबाइल एप्लिकेसन,वेबसाईटको (www.nepalisearchengine.com)माध्यमबाट सहजै र छिटो छरितो तरिकाले जानकारी तथा सेवा समेत लिन सकिने गरि ब्यवस्था मिलाएका छौँ।”


नेपाली सर्च इन्जिन प्रयोगकर्ताको विश्वास जित्न र प्रविधिमा सुधार ल्याउनका लागि जस्तोसुकै चुनौतीहरूको सामना गर्न सक्ने तयारीका साथ हामि बजारमा रहेका छौ” कम्पनीका अर्का संस्थापक संचालक सुवास लामिछानेले बताए।

नेपाली सर्च इन्जिनले नेपालभर सञ्चालनमा रहेका सम्पुर्ण पसल संघ संस्था, व्यवसाय, उद्योगहरु तथा व्यवसायिक व्यक्तिहरुको सम्पूर्ण जानकारीसहित अनलाइन व्यवसायीक प्रोफाइल न्युनतम शुल्कमा बनाइ व्यवसायको प्रवर्द्धन, बिस्तार र प्रचारप्रसार गर्ने गरेको छ ।नेपाली सर्च इन्जिनको सहयोगमा आफ्नो उत्पादनहरुलाई अनलाइनको माध्यमबाट सहजरूपमा बिक्री वितरण गर्ने , होटल बुकिङ्ग सेवा उपलब्ध गराउने ,हस्पिटल र क्लिनीकका डाक्टरहरुको भेटने व्यवस्था लिन  सकिने, स्कुल तथा क्याम्पसमा अनलाइनबाट नै भर्ना गर्न सकिने व्यवस्था, जागिर खोज्ने र दिने बिचमा समन्वय गराइने, सेकेन्ड ह्यान्ड बजारिकरण र घरजग्गा बिक्री तथा भाडामा लिनेदिने सुबिधा रहेको र आगामी दिनहरूमा सुविधाहरुलाई पनि विस्तार गर्दै जाने कम्पनीको योजना रहेको छ ।



कुनै व्यवसायको उत्पादन वा सेवाहरूलाई स्थानीय समुदाय, बजार, वा उपभोक्तामा प्रचार र प्रोत्साहन गर्नु हो। यसले व्यापारलाई वृद्धिको दिशामा लैजान सहयोग पुर्याउँछ र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउँछ।

नेपाल जस्तो विकासोन्मुख मुलुकमा स्थानीय व्यवसायको प्रवर्द्धन अत्यन्त महत्वपूर्ण छ।नेपाली सर्च इन्जिन जस्ता प्लेटफर्महरूले स्थानीय व्यवसायहरूको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। यसका लागि नेपाली सर्च इन्जिन राम्रो माध्यम बन्ने कम्पनीको दावि रहेको छ।



स्थानीय व्यवसायहरूको सूची बनाउन र तिनीहरूलाई डिजिटल स्थानमा प्रस्तुत गरि अन्य स्थानीय व्यवसायहरूसँग साझेदारी र सहकार्य गरेर व्यवसायको पहुँच र विश्वास निर्माण गर्न सकिन्छ।

नेपाली सर्च इन्जिन प्रा लि ईन्टरनेट प्रयोग कर्ताहरुको लागि नयाँ युगको शुरूवात हो यसले नेपाली बजारमा डिजिटल प्रविधिबाट व्यवसायहरुमा नयाँ क्रान्ति ल्याउने छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal