ट्रेन्डीङ्ग

जनपत्रकार संगठनद्वारा सचिव सिर्जनाकी आमाको निधनप्रति श्रद्धाञ्जली

असोज ७ काठमाडौ। जनपत्रकार संगठन नेपालले संगठनका केन्द्रीय सचिव सिर्जना तिम्सिना र संगठनका केन्द्रीय सदस्य बासुदेव तिम्सिनाका ममतामयी अामा पवित्रादेवी तिम्सिनाकाे दुखद निधनप्रति दु: ख व्यक्त गरेको छ ।

जनपत्रकार संगठन नेपालका काेषाध्यक्ष जानकी चाैधरीद्वारा जारी गरिएको शाेक विज्ञप्तिमा असोज ४ गते राति अामा पवित्रादेवी तिम्सिनाको निधन भएको खबरले स्तब्ध भएको बताउदै मृत आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शाेकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरिएको छ ।

विज्ञप्तिमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामी आमाकाे समयमा भर्ना र उपचार नगरेकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

साथै जनपत्रकार संगठन नेपालले उक्त घटनाको सत्यतथ्य छानबिन गरि दाेषीउपर कारबाही गर्न र कुनै पनि बिरामीको भर्ना र उपचारमा अस्पतालले हेलचेक्र्याई नगराेस् भनी जाेडदार माग गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?